काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन् । शुक्रबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिको स्थलगत जानकारी लिन थापा रसुवा पुगेका हुन् । उनी विज्ञहरूसहित नौकुण्ड गाउँपालिका–३, घिचेत पुगेको उनको सचिवालयले जनाएको छ । यसअघि थापा भदौ १५ गते बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ पुगेका थिए