त्रिशूली-३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये कबीर महर्जनको अवस्था जटिल

  • शुक्रबार​ १९ भौ २०८३ ०५:५५ AM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था जटिल रहेको छ भने अर्का व्यक्तिको अवस्था सामान्य रहेको छ । जटिल अवस्थामा रहेका कबीर महर्जनलाई उद्धारलगत्तै काठमाडौं ल्याएर छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ । उनको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ