काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल प्याटरिक फोलेले पदबाट राजीनामा दिएका छन् । फोलेले भदौ ९ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामाबारे नेपाल दूरसञ्चार प्राधिकरणलाई समेत जानकारी गराइएको एनसेलले जनाएको छ । नयाँ सीईओ नियुक्त नभएसम्म कम्पनीको अन्तरिम व्यवस्थापनका लागि कर्पोरेट तथा नियामक अधिकृत डिल्लीराम श्रेष्ठलाई अख्तियारी दिइएको