काठमाडौं । हेफर इन्टरनेशनल नेपाल र संस्थाका कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गरेको हो । बाढीका कारण प्रभावित क्षेत्रमा मानवीय क्षतिसँगै घर, पूर्वाधार तथा जीविकोपार्जनका साधनमा