एलडीसी समूहले भन्यो- जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यक

  • शुक्रबार​ १९ भौ २०८३ १०:०१ AM
काठमाडौँ । अतिकम विकसित मुलुक (एलडिसी) समूहले जलवायु परिवर्तनबाट उत्पन्न सङ्कटसँग जुध्न विकासशील तथा जोखिममा रहेका मुलुकलाई थप वित्तीय, प्राविधिक तथा क्षमता अभिवृद्धिको सहयोग आवश्यक रहेको जनाएको छ । टिमोर–लेस्टेको राजधानी डिलीमामा सम्पन्न अतिकम विकसित मुलुक समूहका जलवायु परिवर्तनसम्बन्धी मन्त्री तथा प्रतिनिधिमण्डल प्रमुखहरूको बैठकले ‘डिली मन्त्रिस्तरीय जलवायु परिवर्तन घोषणापत्र’ जारी गर्दै जलवायु सङ्कटबाट प्रभावित मुलुकलाई पर्याप्त, अनुमानयोग्य, सहज र अनुदानमा आधारित सहयोग उपलब्ध गराउन जोड दिएको हो । डिलीमा रहेका कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा महेश्वर ढकालले घोषणापत्रमा नेपालमा हालै हिमाली क्षेत्रमा भएको जलवायु परिवर्तनजन्य हिमपहिरो तथा चट्टान खसाइपछि आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएकामा नेपालप्रति गहिरो सहानुभूति तथा ऐक्यबद्धता व्यक्त गरिएको जानकारी दिए ।  “जलवायु परिवर्तनका कारण अतिकम विकसित मुलुकमा जनजीवन, जीविकोपार्जन, स्वास्थ्य, समुदाय तथा वर्षौंका विकास उपलब्धिमा गम्भीर असर परिरहेको उल्लेख गर्दै घोषणापत्रले जलवायु सङ्कट न्यूनीकरणका लागि तत्काल महत्वाकाङ्क्षी र न्यायोचित कदम चाल्नुपर्नेमा जोड दिएको छ”, उनले भने, “घोषणापत्रमा अतिकम विकसित मुलुकले जलवायु परिवर्तनमा नगण्य योगदान गरे पनि त्यसबाट उत्पन्न असर असमान रूपमा भोग्नुपरेको उल्लेख छ । जोखिममा रहेका समुदायको संरक्षणका लागि अन्तरराष्ट्रिय सहयोग र बहुपक्षीय सहकार्य थप सुदृढ गर्नुपर्ने उल्लेख छ ।” एलडिसी समूहले विश्वव्यापी तापक्रम वृद्धिलाई १