काठमाडौं । बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङ (टनेल)भित्रबाट दुई जना कर्मचारीको जीवितै उद्धार गरिएको छ । उद्धार टोलीले सुरुङको भग्नावशेष र लेदो पन्छाउँदै भित्र फसेका दुई जनालाई सकुशल बाहिर निकालेको हो । जीवितै उद्धार गरिएकाहरूमा आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबीर महर्जन रहेका छन् । उद्धारलगत्तै उनीहरूलाई प्रारम्भिक स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि काठमाडौं ल्याइदैँछ । सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि फसिरहेको जानकारी प्राप्त भएको उद्धारमा खटिएका सुरक्षाकर्मी तथा प्राविधिकहरूले बताएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आयोजनाका प्राविधिकहरूको ... The post त्रिशूली–३ ‘ए’को सुरुङबाट २ प्राविधिकको जीवितै उद्धार, अन्यको खोजी तीव्र appeared first on Kalika Khabar.