काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अमेरिकी एआइ कम्पनीका संस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेन्सेन ह्वाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब डेढ अर्ब (१० मिलियन अमेरिकी डलर) सहयोग गरेको जानकारी दिएका छन् । अर्थमन्त्री डा वाग्लेले नेपाल सरकारका तर्फबाट ह्वाङप्रति धन्यवाद व्यक्त गर्दै उक्त सहयोग रसुवा–भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारमा महत्वपूर्ण हुने