काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङको कृष्णभीरस्थित पृथ्वीराजमार्गको सडकखण्ड भासिएपछि नयाँ ट्रयाक खोल्ने काम सुरु गरिएको छ । गत भदौ १० गते आएको बाढीले सडकको ठूलो हिस्सा कटान गरी बगाएपछि उक्त क्षेत्रमा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो । सडक भत्किएपछि यातायात सञ्चालनमा अवरोध पुग्नुका साथै आवागमनसमेत ठप्प भएको थियो ।