देशभर श्रद्धापूर्वक श्रीकृष्ण जन्माष्टमी मनाइँदै, कृष्ण मन्दिरहरूमा भक्तजनको घुइँचो

  • शुक्रबार​ १९ भौ २०८३ ०५:०८ AM
काठमाडौं । वैदिक सनातन धर्मावलम्वीहरूले आज भगवान् श्रीकृष्णको जन्मोत्सव अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ ।यस विशेष अवसरमा ललितपुरको पाटनस्थित ऐतिहासिक एवं प्रसिद्ध कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको