बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङ (टनेल) भित्रबाट दुई जना कर्मचारीको जीवितै उद्धार गरिएको छ । उद्धार टोलीले सुरुङको भग्नावशेष र लेदो पन्छाउँदै भित्र फसेका दुई जनालाई सकुशल बाहिर निकालेको हो । जीवितै उद्धार गरिएकाहरूमा आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जन रहेका छन् । उद्धारलगत्तै