अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

  • शुक्रबार​ १९ भौ २०८३ ०३:५० AM
त्रिशूली : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाको खोज तथा उद्धार, राहत वितरण एवं पुनरुत्थानका विषयमा जिल्लास्थित सरोकारवालासँग छलफल गरेकी छन् । बिहीबार नुवाकोट आएकी मन्त्री रावलले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट सबैभन्दा बढी क्षति पुगेको विदुर नगरपालिकाका विभिन्न क्षेत्रमा पुगेर जनधनको क्षति, उत्पन्न समस्या तथा तत्काल गर्नुपर्ने समाधानका विषयमा सम्बन्धित पदाधिकारीसँग अन्तरक्रिया गरेकी हुन् । विदुर नगरपालिकाका जनप्रतिनिधिसहित जिल्लास्थित सरोकारवालासँगको छलफलमा मन्त्री रावलले अकल्पनीय विपत्तिका बिच जतिसक्दो छिटो गरिएको खोज तथा उद्धार, विस्थापित नागरिकलाई सुरक्षित स्थानमा राख्न सञ्चालन गरिएको ... The post अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल appeared first on Kalika Khabar.