त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङबाट दश दिनपछि एक जनाको उद्धार

  • शुक्रबार​ १९ भौ २०८३ ०३:४२ AM
काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ । उनलाइ १० दिनपछि सुरुङभित्रबाट जीवितै उद्धार गरिएको हो । आज बिहान मात्रै खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले बताएका थिए ।