काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो । भाद्र कृष्ण पक्षको अष्टमी तिथिमा मनाइने यस पर्वलाई भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका रूपमा लिइन्छ । ज्योतिष पण्डित मुकुन्द नेपालका अनुसार कृष्ण जन्माष्टमी केवल धार्मिक अनुष्ठानमा सीमित पर्व होइन, भगवान् श्रीकृष्णले देखाउनुभएको प्रेम, सत्य र सत्कर्मको मार्गलाई स्मरण तथा अनुसरण गर्ने अवसर पनि हो । नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै पण्डित नेपालले भाद्र कृष्ण पक्षको अष्टमीको रातमा भगवान् श्रीकृष्णको प्राकट्य भएको पावन तिथिका रूपमा जन्माष्टमी मनाउने परम्परा सदियौँदेखि चलिआएको बताए । उनका अनुसार मानव जीवनको अर्थ र सही मार्गबारे मार्गदर्शन गर्ने भगवान् श्रीकृष्णको जीवन र कर्मलाई सम्झनु नै यस पर्वको मूल भाव हो । उनले भने, ‘भाद्र महिना कृष्णपक्षको अष्टमीको रातमा जगतका नायक भगवान् श्रीकृष्णको प्राकट्य उत्सव भएको पावन तिथि र समय हो । सदियौँदेखि हामीले मनाइ आइरहेका छौँ, जसले एउटा प्रेम लक्षणले अथवा जीवन के हो भन्ने कुराको मार्गदर्शन गराउन सफल छ । जगत चराचरमा विभिन्न चरण पार गर्दागर्दै मानव चोलाको रूपमा सृष्टि हुनुभएका भगवान् श्रीकृष्णको प्राकट्य उत्सवको रूपमा मनाउने हाम्रो परम्परा हो ।’ कसरी मनाइन्छ कृष्ण जन्माष्टमी