त्रिशूली । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाको खोज तथा उद्धार, राहत वितरण एवं पुनरुत्थानका विषयमा जिल्लास्थित सरोकारवालासँग छलफल गरेकी छन् । बिहीबार नुवाकोट आएकी मन्त्री रावलले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट सबैभन्दा बढी क्षति पुगेको विदुर नगरपालिकाका विभिन्न क्षेत्रमा पुगेर जनधनको क्षति,