भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त विद्युत् पूर्वाधारको पुनःस्थापना तथा प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्ने काम तीव्र पारिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढी प्रभावित रसुवाका अधिकांश स्थानीय तहमा विद्युत् सेवा सुचारु भइसकेको छ । नौकुण्ड, कालिका, गोसाइँकुण्ड, उत्तरगया र आमाछोदिङ्मो गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ ।