केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि बिपी राजमार्गमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। चाप नियन्त्रण र आवगमन सहज बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आलोपालो प्रणाली लागू गर्दै मालवाहक सवारीसाधन रातको समयमा मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले राजमार्गको क्षमतालाई ध्यानमा राख्दै मालवाहक सवारीको तौल सीमा अधिकतम १०