बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–६ थाचौरकी अस्मिता पन्तले घरमै नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । ‘क’ वर्गको अपाङ्गता भएकी १७ वर्षीया पन्तलाई प्रमुख जिल्ला अधिकारी मीना अर्यालले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेकी हुन् । मानसिक अपाङ्गताका कारण अस्मिताले जिल्ला प्रशासन कार्यालयसम्म पुगेर नागरिकता लिन सकेकी थिइनन् । प्रमुख जिल्ला अधिकारी अर्यालसहित जिल्ला