‘दश मिनेटको बाटो, ९४ वर्षकी आमालाई बोकेर सदरमुकाम पुग्नुपर्‍यो’

  • बिहीबार १८ भौ २०८३ ११:४१ PM
पाँचथर : हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी ९४ वर्षीया धनमाया योङहाङ लिम्बू भूमि प्रशासन कार्यालय पाँचथरको सेवाग्राही बस्ने बेन्चमा सुतिरहेकी थिइन् । १६ वर्षदेखि दृष्टिविहीन भएर ओछ्यानमा रहेकी धनमायाका हातखुट्टा पनि चल्न छाडेका छन् । सामान्य हिँडडुल गर्नदेखि