काठमाडौँ। रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको बाढीपछि विभिन्न देश तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपाललाई सहयोग प्राप्त हुने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाढी आएको पहिलो दिनदेखि नै नेपाललाई विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय निकायबाट राहत तथा उद्धार सहयोग प्राप्त भइरहेको छ । कार्यालयका अनुसार भारतले विभिन्न चरणमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ । भारतले हालसम्म पाँच चरणमा ७४ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ । साथै, उद्धारका लागि विज्ञ टोलीसमेत प्रभावित क्षेत्रमा खटाएको छ । चीनले नेपाललाई रु ३० करोड र ५० टन राहत सामग्री उपलब्ध गराइसकेको छ । साथै, नेपाल सरकारले प्रभावित क्षेत्रका लागि चीनसँग ३० वटा बेलीब्रिज सहयोग गर्न अनुरोध गरेको छ । पाकिस्तानबाट ८६ टन राहत सामग्री प्राप्त हुँदैछ भने श्रीलङ्काले १० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बङ्गलादेशले पनि राहत सामग्री पठाउने तयारी गरेको छ । अमेरिकाबाट पाँच लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता आएको छ । अष्ट्रेलियाले एक मिलियन अमेरिकी डलर नगद सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । साथै, विशेषज्ञ र ड्रोन अपरेटरसहितको टोली चाँडै नेपाल आउने भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)ले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ भने १० मिलियन अमेरिकी डलरसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कतारले पनि ४० टन राहत सामग्री उपलब्ध गराएको छ । संयुक्त अधिराज्य (यूके)ले पाँच मिलियन पाउण्ड सहयोग गर्ने घोषणा गरेको छ । त्यसैगरी, युरोपेली सङ्घअन्तर्गतको नागरिक सुरक्षा तथा मानवीय सहायता परिचालनले दुई मिलियन यूरो, स्विट्जरल्याण्डले एक मिलियन अमेरिकी डलर, डेनमार्कले ३५ लाख डेनिस क्रोनर, जर्मनीले दुई मिलियन अमेरिकी डलर र आयरल्याण्डले पाँच लाख यूरो सहयोग गर्ने घोषणा गरेका छन् । चेक रिपब्लिकले २५ लाख चेक कोरुना तथा नर्वेले १२