महालक्ष्मी विकास बैंकद्वारा बाढीपीडितका लागि ५१ लाख रुपैयाँ सहयोग

  • बिहीबार १८ भौ २०८३ ०४:५२ PM
काठमाडौं । महालक्ष्मी विकास बैंकले भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ। भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका रसुवागढी, टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली, देवीघाटलगायतका क्षेत्रमा अकल्पनीय रूपमा जनधनको ठूलो क्षति पुगेको बैंकले जनाएको छ। विपत्तिको यस विषम परिस्थितिमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकको तर्फबाट तथा बैंकमा कार्यरत कर्मचारीहरूको एक दिन बराबरको पारिश्रमिकसमेत संकलन गरी कुल ५१ लाख रुपैयाँ सहयोग गरिएको हो। बैंकले यस विपत्तिमा ज्यान गुमाएका सम्पूर्ण दाजुभाइ ... The post महालक्ष्मी विकास बैंकद्वारा बाढीपीडितका लागि ५१ लाख रुपैयाँ सहयोग appeared first on Kalika Khabar.