भियतनाममा जारी तेस्रो पिकलबल विश्वकप-२०२६ मा नेपाललाई ऐतिहासिक सफलता

  • बिहीबार १८ भौ २०८३ ०४:३९ PM
काठमाडौं । भियतनामको दानाङमा जारी तेस्रो पिकलबल विश्वकप–२०२६ मा नेपालले ऐतिहासिक सफलता हात पारेको छ । नेपाली खेलाडी दावा सोनाम शेर्पाले पुरुष एकलतर्फ कास्यपदक जित्दै नेपाललाई पिकलबल विश्वकपमा पहिलो पदक दिलाएका हुन् । ३० अगस्टदेखि ६ सेप्टेम्बरसम्म सञ्चालन भइरहेको प्रतियोगितामा दावाले पहिलो दिनमै उत्कृष्ट प्रदर्शन गरेका हुन् । सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग प्रतिस्पर्धा गरेका दावाले तेस्रो