महिलालाई तालिम दिने भन्दै रकम उठाएर सम्पर्कविहीन

  • बिहीबार १८ भौ २०८३ ०९:४६ PM
अर्घाखाँची। शितगंगा नगरपालिका–९ का विभिन्न टोलका महिलालाई सीपमूलक तालिम दिने र तालिमपछि उत्पादित सामग्रीसमेत संस्थाले खरिद गरिदिने भन्दै रकम उठाएर एक व्यक्ति सम्पर्कविहीन भएका छन्।  शितगंगा नगरपालिका–९ का वडा अध्यक्ष भीमबहादुर खत्री क्षेत्रीका अनुसार भदौ ५ गते आफूलाई भैरहवास्थित हेफ इन्टरनेसनल संस्थाको प्रतिनिधि बताउने सुमनजङ्ग बस्नेत नाम गरेका व्यक्तिले फोन गरी वडाका महिलाका लागि चप्पल, अचार तथा जुत्ता बनाउने तालिम सञ्चालन गर्ने प्रस्ताव गरेका थिए । तालिमपछि सहभागीले उत्पादन गरेका सामग्रीसमेत संस्थाले खरिद गरिदिने आश्वासन दिएका थिए। त्यसपछि वडा अध्यक्ष क्षेत्रीले उनलाई वडा कार्यालयमा आउन भनेका थिए । बस्नेत वडा कार्यालयमा आएपछि वडा नं