गरिमा विकास बैंकले प्रस्ताव गर्‍यो २० प्रतिशत लाभांश, १० प्रतिशत बोनस र १० प्रतिशत नगद

  • बिहीबार १८ भौ २०८३ ०४:१४ PM
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। विकास बैंकको भदौ १८ गते बिहीबार दिउँसो ४ बजे बसेको सञ्चालक समितिको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैठकले हाल कायम चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसाको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकले जनाएको छ। नगद लाभांशमा प्रस्तावित बोनस शेयरको करसमेत समावेश ... The post गरिमा विकास बैंकले प्रस्ताव गर्‍यो २० प्रतिशत लाभांश, १० प्रतिशत बोनस र १० प्रतिशत नगद appeared first on Kalika Khabar.