काठमाडौँ। भोटेकोशी बाढीमा परेर चार जना पत्रकारहरू सम्पर्कबिहीन बनेका छन्। बाढीले प्रभावित क्षेत्रका दर्जनौँ पत्रकारलाई घरबारबिहीन बनाइदिएको छ भने कतिपयले आफन्त गुमाएका छन्। नेपाल पत्रकार महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै बाढीका कारण पत्रकार तथा पत्रकार परिवारका सदस्यहरू सम्पर्कविहीन भएको आठ दिन बित्दासमेत उनीहरुको खोजी तथा उद्धार कार्य हुन नसके भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। महासंघले सम्पर्कविहीनहरूको खोज, उद्धार र परिवारलाई राहतको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ। त्यस्तै, निजी घर तथा सवारी साधनमा क्षति पुगेका पत्रकार तथा सञ्चारमाध्यमको कार्यालयमा पुगेको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन समेत ध्यानाकर्षण गराएको छ। महासंघले बिहीबारै गृहमन्त्री र परराष्ट्र मन्त्रीलाई पत्राचार गर्दै सम्पर्कविहीन पत्रकार तथा पत्रकारका परिवारका सदस्यहरुको खोजी तथा उद्धार र क्षति व्यहोरेका पत्रकार तथा सञ्चारमाध्यमलाई अबिलम्ब क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको महासचिव रामप्रसाद दाहालले जानकारी दिए। महासंघले गृहमन्त्रीसमक्ष सरकारको सकारात्मक पहलका लागि र परराष्ट्र मन्त्रीसमक्ष बेपत्ताहरूको खोजी तथा उद्धारका लागि छिमेकी मुलुक चीन र भारतसँगसमेत कुटनीतिक पहल गरिदिन ध्यानाकर्षण गराएको छ। महासंघका अनुसार हाल सम्पर्कविहीन पत्रकार तथा परिवार तथा क्षतिको विवरण निम्नानुसार छ :- सम्पर्कविहीन रहेका पत्रकार र परिवार १