काठमाडौँ। सशस्त्र प्रहरी बलले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई प्रति परिवार २५ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बिहीबार बसेको परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो। राष्ट्रसेवकहरुको तर्फबाट तत्काल १५ लाख रुपैयाँ उपलब्ध गराउने बैठकको निर्णय छ। त्यस्तै, सशस्त्र प्रहरी कर्मचारीहरुको मृत्यु भएमा निजको हकवाला/आश्रीत परिवारलाई उपलब्ध गराउने राहत सम्बन्धी कार्यविधि, २०७९ बमोजिम ५ लाख र सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष संचालन सम्बन्धी मापदण्ड, २०८१ बमोजिम थप ५ लाख रुपैयाँ उपलब्ध गराउने बैठकले निर्णय गरेको छ। त्यस्तै, मृतक कर्मचारीहरुले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिहरुलाई पायक पर्ने नेपाल ए