काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा मात्रै विभिन्न २३ अन्तर्राष्ट्रिय ब्राण्डका ६७५ युनिट विद्युतीय कार (ईभी) नेपाल भित्रिएका छन्। भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा आधा दर्जनभन्दा बढी नयाँ ब्राण्डसमेत नेपाली बजारमा प्रवेश गरेका छन्। अटोमोबाइल व्यवसायीहरूले नाइमा नेपाल मोबिलिटी एक्स्पो र नाडा अटो शोको पूर्वसन्ध्यालाई लक्षित गर्दै विभिन्न नयाँ मोडल तथा ब्राण्डका विद्युतीय सवारीसाधन आयात गरेका हुन्। साउन महिनामा सहर केन्द्रित मिनी कारदेखि अत्याधुनिक प्रिमियम एसयूभीसम्मको आयात उल्लेख्य देखिएको छ। चालु आर्थिक वर्षको पहिलो महिनामा आयात गरिएका कुल ईभीमध्ये केवल दुई ब्राण्डले मात्रै १०० युनिटभन्दा बढीको आयात ... The post साउनमै नेपाल भित्रिए २३ अन्तर्राष्ट्रिय ब्राण्डका ६७५ विद्युतीय कार, बीवाइडी शीर्ष स्थानमा appeared first on Kalika Khabar.