सगरमाथा एकेडेमीमा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम सम्पन्न

  • बिहीबार १८ भौ २०८३ ०२:२५ PM
वीरगंज – वीरगंज महानगरपालिका–१२, मुर्लीस्थित सगरमाथा एकेडेमीमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा विशेष कार्यक्रम आयोजना गरी भगवान् श्रीकृष्णको जन्मोत्सव मनाइएको छ। कार्यक्रममा प्ले ग्रुप (P.G.) देखि कक्षा १० सम्मका विद्यार्थीहरू भगवान् श्रीकृष्ण तथा राधाको आकर्षक भेषभूषामा सजिएर सहभागी भएका थिए। विद्यार्थीहरूले मुकुट तथा हातमा बाँसुरीसहित श्रीकृष्णको स्वरूप प्रस्तुत गरेका थिए भने राधाको भेषमा समेत आकर्षक प्रस्तुति दिएका थिए। विद्यार्थीहरूले भगवान् श्रीकृष्णको जीवन तथा उहाँले दिनुभएको प्रेम, सत्य, धर्म, कर्तव्य र मानवतासम्बन्धी सन्देश प्रस्तुत गर्दै श्रीकृष्ण जन्माष्टमीको धार्मिक तथा सांस्कृतिक महत्वबारे जानकारी गराएका थिए। कार्यक्रममा कक्षा ९ का विद्यार्थी कृष्ण साहले विशेष प्रस्तुति दिएका थिए भने प्राविधिक ... The post सगरमाथा एकेडेमीमा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम सम्पन्न appeared first on Kalika Khabar.