भोटेकोसी बाढी प्रभावितलाई सिक्किमबाट राहत, ३५ सदस्यीय स्वयंसेवक टोली नुवाकोटमा

  • बिहीबार १८ भौ २०८३ ०२:३० PM
काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले सिक्किम नेपाल राहत स्वयंसेवक टोलीले नुवाकोटमा राहत सामग्री वितरण गर्दैछ। सिक्किमका मुख्यमन्त्री पीएस गोले मार्फत आएको ३५ सदस्यीय राहत तथा स्वयंसेवक टोलीले आज नुवाकोट पुगेर बाढी प्रभावित परिवारलाई औषधि, खाद्यान्न, सोलार बत्ती, त्रिपाल, म्याट्रेस र स्लिपिङ ब्याग लगायतका अत्यावश्यक सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ। टोलीको नेतृत्व सोनाम नोर्गे लाचुम्पाले गरेका छन्। विपद्का कारण प्रभावित बनेका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको टोलीले जनाएको छ। राहत अभियानमा नव प्रवर्तन तथा विज्ञान प्रविधि मन्त्री माननीय महावीर पुन, नेपाली कांग्रेसका संघीय ... The post भोटेकोसी बाढी प्रभावितलाई सिक्किमबाट राहत, ३५ सदस्यीय स्वयंसेवक टोली नुवाकोटमा appeared first on Kalika Khabar.