सशस्त्र प्रहरीले उद्धार कोषमा १५ करोड ५० लाख सहयोग गर्ने

  • बिहीबार १८ भौ २०८३ ०२:४८ PM
काठमाण्डु– सशस्त्र प्रहरी बल, नेपालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका आफ्ना कर्मचारीका परिवारलाई तत्काल २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा बिहीबार बसेको परामर्श समितिको बैठकले बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई राष्ट्रसेवकहरूको तर्फबाट १५ लाख रुपैयाँ, राहतसम्बन्धी कार्यविधि, २०७९ बमोजिम