बाणगंगा, १८ भदौ । वाणगंगा नगरपालिका–८ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहको २१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । वन कार्यालय परिसरमा सम्पन्न साधारण सभामा सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन, आयआर्जन तथा उपभोक्ताको हितसँग जोडिएका विभिन्न विषयमा छलफल गरिएको छ । साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि सब–डिभिजन वन कार्यालय तौलिहवाका प्रमुख प्रभात सापकोटाले