भोटेकोशी विपद्लक्षित खाद्य अनुगमन तीव्र, बासी पिठोबाट समोसा बेच्ने पसलविरुद्ध मुद्दा

  • बिहीबार १८ भौ २०८३ ०१:२७ PM
दमौली । भोटेकोशी विपद्लाई लक्षित गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले तनहुँ, गोरखा तथा आसपासका क्षेत्रमा खाद्य पदार्थको गुणस्तर, राहत सामग्रीको सुरक्षा तथा बजार अनुगमनलाई तीव्र बनाएको छ। अनुगमनका क्रममा बासी पिठोबाट समोसा बनाई बिक्री गर्ने तथा उपभोग्य मिति समाप्त भएका पेय पदार्थ बिक्रीका लागि राख्ने एक मिठाई पसलविरुद्ध मुद्दा दर्ताको प्रक्रिया अघि बढाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको प्रतिवेदनअनुसार भदौ ११ गतेदेखि भदौ १७ गतेसम्म विभिन्न जिल्लामा विपद्लक्षित कार्यक्रम सञ्चालन गरिएको हो। यस अवधिमा जिल्ला प्रशासन, स्थानीय तह, सुरक्षा निकाय, उद्योग वाणिज्य संघ ... The post भोटेकोशी विपद्लक्षित खाद्य अनुगमन तीव्र, बासी पिठोबाट समोसा बेच्ने पसलविरुद्ध मुद्दा appeared first on Kalika Khabar.