लक्ष्मी सनराइज बैंकद्वारा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ३ करोड २४ लाख सहयोग

  • बिहीबार १८ भौ २०८३ ०१:५७ PM
काठमाडौं । लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। विपद्ले धेरै परिवारका घर, जीविकोपार्जनका माध्यम तथा अत्यावश्यक पूर्वाधारमा समेत गम्भीर असर पुर्‍याएको बैंकले जनाएको छ। तत्कालीन उद्धार तथा राहतका प्रयासहरू क्रमशः पुनःस्थापना र पुनर्निर्माणतर्फ अघि बढिरहेका बेला प्रभावित समुदायलाई दीर्घकालीन रूपमा साथ र सहयोग आवश्यक रहेको भन्दै बैंकले उक्त आर्थिक ... The post लक्ष्मी सनराइज बैंकद्वारा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ३ करोड २४ लाख सहयोग appeared first on Kalika Khabar.