भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा

  • बिहीबार १८ भौ २०८३ ०१:१६ PM
काठमाडौं । सरकारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी तथा व्यवसायीहरूका लागि विशेष ‘व्यवसाय पुनरुत्थान प्याकेज’ घोषणा गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रका उद्योग, व्यापार र व्यावसायिक प्रतिष्ठानहरूलाई लक्षित गरी कर छुट, महसुल सहुलियत तथा ऋण सुविधासहितको राहत कार्यक्रम ल्याउने निर्णय गरेको हो । भन्सार विभागमार्फत कार्यान्वयन