श्रीमती बचाउने सपना बाढीले बगायो, सहयोग पाएपछि राजकुमारमा फेरि जाग्यो आशा

  • बिहीबार १८ भौ २०८३ ०१:४६ PM
श्रीमतीलाई बचाउनका लागि आफ्नै मिर्गौला दिन तयार भएका राजकुमार डंगोल कठिन परिस्थितिबाट गुज्रिरहेका थिए । आफ्नी श्रीमती विष्णु कुमारीको उपचारका लागि उनी काठमाडौं केएमसी अस्पतामा धाइरहेको थिए । जीवनसाथीलाई बचाउन आफ्नै शरीरको अंगसमेत दिन तयार भएका राजकुमार उपचार खर्च जुटाउन संघर्ष गरिरहेका थिए । राजकुमारले श्रीमतीलाई बचाउन आफ्नो ज्यानको समेत परवाह नगरी यस्तो निर्णय गरेका