नाडाद्वारा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग

  • बिहीबार १८ भौ २०८३ १२:२२ PM
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले रसुवालगायतका क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। हालै भदौ १० गते केरुङ, रसुवा, टिमुरेलगायतका क्षेत्रमा आएको आकस्मिक तथा भीषण बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको नाडाले जनाएको छ। नगद सहयोगसँगै नाडाले बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा पुगेर प्रभावित नागरिकहरूको ... The post नाडाद्वारा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग appeared first on Kalika Khabar.