काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले भोटेकोशी बाढीपछिको खोज, उद्धार र राहत कार्यमा सरकारको प्रभावकारितामाथि प्रश्न उठाएकी छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले सरकारले बेलैमा अन्तर्राष्ट्रिय सहयोग र अत्याधुनिक उपकरण परिचालन गर्न नसक्दा ठुलो मानवीय क्षति व्यहोर्नु परेको बताएकी हुन् । उपनेता अर्यालले प्रधानमन्त्रीले हालै दिएको हिलो पन्छाउने मेसिन