काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । २०८३ भाद्र १० गते