गोरखा । गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन भन्ने दुबिधामा स्थानीय छन् । आफ्नाको ‘सास वा लास’ पर्खिएको एकसाता बितिसक्दा पनि कुनै अत्तोपत्तो नभएपछि पालुङटार नगरपालिका–५ नौखोरवासीले भटाभट कुशको शव बनाएर काजकिरिया थालेका छन् । यही भदौ १० गते भोटेकोशीमा आएको बाढीले पालुङटार–५ नौखोरबाट गोसाइँकुण्ड तीर्थ गएको यात्रुवाहक बस बेपत्ता बनाएको थियो