काठमाण्डु– रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको केबल डक्ट टनेलको मुख खुलाउने काम तीव्र पारिएको छ। आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढीले पुरिएपछि त्यहाँ मानिसहरू फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोलीसहित ९३ जनाको प्राविधिक टोली खोजी तथा उद्धारमा जुटेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । उद्धारमा ५ वटा एक्स्क्याभेटर, कम्प्रेसर