नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

  • बिहीबार १८ भौ २०८३ १२:४८ PM
वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्सी ‘नेपाल न्यूज बैंक’ मा आबद्ध भएका छन् । उनी प्रमुख सम्पादन सल्लाहकारका रूपमा एजेन्सीमा आबद्ध भएका हुन् । राष्ट्रिय समाचार समिति (रासस)का निवर्तमान कार्यकारी अध्यक्ष र नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष झा करिब ४ दशकदेखि साहित्य, पत्रकारिता, सम्पादन र सामाजिक–सांस्कृतिक चेतना निर्माणमा निरन्तर योगदान दिँदै