काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड तथा कम्पनीमा कार्यरत कर्मचारीहरूले रसुवा भोटेकोशी बाढीपहिरो प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। भदौ १० गते बिहान रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले २५ लाख रुपैयाँ सहयोग गरेको छ। साथै कम्पनीका कर्मचारीहरूले आफ्नो एक दिनको तलबबाट संकलन गरेको ८ लाख ५३ हजार १८ रुपैयाँसमेत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ। कम्पनी तथा कर्मचारीहरूको संयुक्त सहयोगबाट संकलित कुल ३३ लाख ५३ हजार १८ रुपैयाँले विपद्बाट प्रभावित परिवारलाई तत्काल ... The post हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा रसुवा भोटेकोशी बाढीपीडितका लागि ३३ लाखभन्दा बढी सहयोग appeared first on Kalika Khabar.