सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका कर्मचारीद्वारा भोटेकोशी बाढीपीडितका लागि १९ लाखभन्दा बढी सहयोग

  • बिहीबार १८ भौ २०८३ १२:१२ PM
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १९ लाख ६ हजार ३ सय ३५ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। कम्पनीमा कार्यरत ४ सय ९९ कर्मचारीको पारिश्रमिकबाट उक्त रकम संकलन गरिएको कम्पनीले जनाएको छ। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने उद्देश्यले चेकमार्फत हस्तान्तरण गरिएको हो। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैदवार क्षेत्रीले संकलित रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको विषम परिस्थितिमा ... The post सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका कर्मचारीद्वारा भोटेकोशी बाढीपीडितका लागि १९ लाखभन्दा बढी सहयोग appeared first on Kalika Khabar.