काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवा बाढीपश्चात् सरकारद्वारा सञ्चालित खोज, उद्धार तथा राहत कार्य हालसम्म सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । बिहीवार पार्टीको सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले सरकारको नेतृत्वमा भएका कामहरूको समीक्षा गर्दै यस्तो जानकारी दिएका हुन् । बैठकमा सरकारको प्रतिनिधित्व गरिरहेका पार्टीका उपमहासचिव एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालसम्म