औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर

  • बिहीबार १८ भौ २०८३ ११:३७ AM
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगले औरही गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गर्दा माछाका भूरा र दानालगायत खरिद वितरणका क्रममा झुट्टा बिल भरपाईका आधारमा बढी