भूकम्पको तुलनामा बाढीको क्षति झनै भयावह: गगन थापा

  • बिहीबार १८ भौ २०८३ ११:५२ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बाढी पहिरोका कारण घरबारविहीन भएका नागरिकहरूको अवस्था अत्यन्तै दयनीय रहेको भन्दै उनीहरूको पुनःस्थापनाका लागि विशेष पहल हुनुपर्नेमा जोड दिएका छन् । बिहीबार रसुवा बाढी पीडितका लागि पार्टीको विपद् व्यवस्थापन कोषमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का १२ वटा इकाइहरूबाट संकलन गरिएको रकम बुझ्दै उनले यस्तो बताएका हुन् ।