बाढीको पूर्वसूचनाका लागि टिमुरेमा राखियो रियल-टाइम क्यामेरा

  • बिहीबार १८ भौ २०८३ ११:५८ AM
काठमाडौँ । लाङटाङ–लिरुङ हिमालको उत्तरी भागमा हिमपहिरो गएपछि आएको भीषण बाढीले रसुवामा ठुलो जनधनको क्षति पुर्‍याएको आठ दिनपछि सरकारले बाढीको पूर्व सूचना प्रणाली सुदृढ गर्न टिमुरेमा रियल–टाइम सिसी क्यामेरा जडान गरेको छ। बाढी आउनुअघि जोखिमको सूचना प्रभावित क्षेत्रका बासिन्दासम्म समयमै पुर्‍याउन नसकिएको विषयमा प्रश्न उठिरहेका बेला चीनसँगको सीमावर्ती टिमुरे–रसुवागढी क्षेत्रमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष