प्रभु बैंकका कर्मचारी तथा कार्डवाहकलाई मेदान्ता–द मेडिसिटी अस्पतालमा १५ प्रतिशत छुट

  • बिहीबार १८ भौ २०८३ ११:५९ AM
काठमाडौं । प्रभु बैंक लिमिटेडका कर्मचारी तथा परिवारजन र बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई भारतस्थित गुरुग्राम हरियाणा मेदान्ता–द मेडिसिटी अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार अस्पतालको बाह्यरंग सेवा (OPD) अन्तर्गत सबै परामर्श तथा ल्याबोरेटरी र रेडियोलोजी जाँचमा मेदान्ता–द मेडिसिटी अस्पतालको प्रचलित दरमा १५ प्रतिशत छुट पाउने भएका छन् ।