काठमाडौं । सरकारले भदौ २३ गतेलाई ‘जेनजी शहिद दिवस’ घोषणा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले जेनजी आन्दोलन भएको दिन भदौ २३ गतेलाई ‘जेनजी शहिद दिवस’का रूपमा मनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी