काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहज बनाउन सार्वजनिक बिदाका दिनमा समेत अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बिहीबार जारी गरेको सूचनामार्फत भदौ १९ देखि २१ गतेसम्म परेको लगातार सार्वजनिक बिदाका दिनमा पनि