भोलिदेखि आइतबारसम्म बिदा, कुन दिन केको बिदा?

  • बिहीबार १८ भौ २०८३ ११:३१ AM
भोलि शुक्रबारदेखि लगातार तीन दिन सार्वजनिक बिदा परेको छ । भदौ १९ गते शुक्रबार गौरा पर्व र श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक बिदा परेको छ। त्यसपछि भदौ २० गते शनिबार र २१ गते आइतबार नियमित सार्वजनिक बिदा छ। यस्तै,  भदौ २३ गते गत वर्ष भएको जेनजी आन्दोलनका शहीदहरूको सम्मानमा देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ।